मकवानपुरमा सार्वजनिक यातायातमा टाइम कार्ड सुरु

हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व लक्षीत गरी सम्भावित दुर्घटना न्युनिकरण गर्न सार्वजनिक यातायातमा टाइम कार्ड सुरु गरेको छ । आज शुक्रबार बिहान सभा ११ बजेबाट टाईम कार्ड संचालन गरिएको हो ।

तिब्र गतिमा सवारी चलाउँदा हुन सक्ने संभावित दुर्घटनालाई न्युनिकरण गर्न र सुरक्षित यात्राको लागी सवारी साधनहरुलाई टाइम कार्ड लागु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत् जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले पूर्व पश्चिम राजमार्गमा चल्ने यात्रुबाहक बसलाई रोकी सुरक्षा जाँच सुरु गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*