निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौंडा । ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

शनिबार हेटौंडा–२ स्थित मुख्यमन्त्री कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

मुख्य निर्वाचन अधिृकत ऋषिराम निरौलाले बोर्ड राखेर कार्यालय स्थापना भएको जानकारी गराएका गराए ।

उनले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

जिल्लामा प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको दुईवटा र प्रदेश सभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*