बिरोध खतिवडाले मकवानपुरबाट छैठौं पटक टिकट पाए
हेटौँडा । सत्तारुढ गठवन्धनको तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि पूर्व स्वास्थ्य मन्त्री तथा एकिकृत समाजवादीका स्थायी कमिटि सदस्य बिरोध खतिवडाले मकवानपुरको क्षेत्र नंबर २ बाट टिकट पाएका छन् ।
सत्ता गठवन्धनको भागवण्डामा मकवानपुरको क्षेत्र नंबर २ समाजवादीको भागमा परेपछि खतिवडाले टिकट पाएका हुन् । उनको प्रतिस्पर्धा एमालेका महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली सहितका उम्मेद्वारसँग हुनेछ । यो सँगै खतिवडाले मकवानपुरका छैठौँ पटक टिकट पाएका हुन् ।
पञ्चयाती ब्यवस्थाबाट संसदस्य राजनीतिमा आएका खतिवडाले बहुदल आएपछि मात्र ५ पटक उम्मेद्वार बनेर जित दर्ता गरेका छन् । अघिल्ला चार पटक एमालेको एक्लो साथ, यस अघिको प्रतिनिधिसभामा माओवादीसँगको साथमा जित हाँसिल गरेका खतिवडा यो पटक कांग्रेस र माओवादीको भर परेका छन् ।
























