कमल थापालाई चुनावमा समर्थन गर्ने निर्णयको विरोधमा मकवानपुरको एमाले कार्यालयमा तालाबन्दी

हेटौंडा । नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला कार्यालय मकवानपुरमा तालाबन्दी गरेका छन् ।

राष्ट्रिय सभा सदस्य समेत रहेका एमाले नेता रामचन्द्र राईले पार्टीले गलत निर्णय गरेकाले कार्यकर्ताले विरोध जनाएको बताए ।

एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेको थियो ।

एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।

एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*