मकवानपुरमा ६९ जनाले दर्ता गराए उम्मेदवारी
हेटौंडा । ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि मकवानपुरमा ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आईतबार जिल्लाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागी राजनीतिक दल र स्वतन्त्रबाट ६९ जनाको उम्मेदवारी परेको हो ।
प्रतिनिधिसभातर्फ मकवानपुर क्षेत्र नंबर १ मा सदस्यमा २ जना स्वतन्त्रसहित १६ जना र क्षेत्र नम्बर–२ मा एक जना स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

























