देशलाई बचाउनको लागि एमालेले जित्नुपर्छ – पूर्व मुख्यमन्त्री पौडेल
हेटौँडा । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणी पौडेलले देशलाई बचाउनको लागि आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा एमालेले जित्नुपर्ने बताएका छन् ।
मकवानपुर क्षेत्र नंबर २ अन्र्तगत थाहा नगरपालिकामा चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै पौडेलले देशलाई खरानी हुनबाट बचाउन राष्ट्रवादी पार्टीको रुपमा रहेको एमालेको उम्मेद्वारहरु विजयी हुनुको बिकल्प नरहेको दाबी गरे ।
एकातीर देश बनाउने र अर्कातीर देश सक्नेहरुबिच प्रतिस्पर्धा रहेको भन्दै उनले आम नागरिकलाई देश बनाउने एमालेमा मतदान गर्न अनुरोध समेत गरे । नेपालमा विकासको काम गर्न एमाले बाहेक अन्य दलले नसक्ने कुरा प्रष्ट भैसकेको भन्दै पौडेलले एमालेले जितेको अवस्थामा नेपालमा पुनः विकासको लहर सृजना हुने बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभा क्षेत्र नंबर २ का उम्मेद्वार महेश कुमार बर्तौलाले मंसिर ४ पछि देशले पुन विकास गर्ने एमाले नेतृत्वको सरकार पाउने बताए ।
























