कमल थापाले घरदैलो अभियानलाईं तीब्रता दिए

हेटौंडा । नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ को लागि उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले घरदैलो अभियानलाईं तीब्रता दिएका छन् ।

शनिबार हेटौंडा ५ र ६ को विभिन्न टोलहरुमा पुग्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले एमालेको चनाव चिन्ह सूर्यमा मतदान गरेर आफुलाई निर्वाचित गराउन मतदाताहरुलाई अनुरोध गरेका छन् ।

थापा पछिल्लो दिनहरुमा घरदैलो अभियानको साथै एमालेसँगको सहकार्यमा एमालेको चुनावी कार्यक्रममा सक्रिय रहेका छन् ।

यसअघि, २०७४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोही क्षेत्रमा एमालेका उम्मेदवारसँग पराजित बनेका थापा यसपटक एमालेको सहयोगमा विजयी हात पार्ने लक्ष्यसहित चुनावी अभियानमा सक्रिय छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*