कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आज र भोलि

काठमाडौं । आज र भोलि कक्षा १२ को स्तर वृद्धि (पुरक) परीक्षा भइरहेको छ । देशभरका ४२४ परीक्षा केन्द्रमार्फत परीक्षा संचालन भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको वार्षिक परीक्षाको नतिजा भदौ १७ गते सार्वजनिक गरिएको थियो।

बोर्डले पहिलो पटक ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । जसमा १ लाख ८८ हजार ४१० जना नन ग्रेडिङमा परेका थिए । दुई विषयमा नन ग्रेडिङमा परेको १ लाख ३० हजार विद्यार्थीले पुरक परीक्षा दिन लागेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए।

प्रत्येक विषयमा सैद्धान्तिकतर्फ कम्तिमा ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेखिन्छ। दुई विषय भन्दा बढीमा एनजी आएमा विद्यार्थीहरुले उच्च शिक्षामा भर्ना हुन नपाउने बोर्डले जनाएको छ ।
जसअन्तर्गत यसवर्ष नियमिततर्फ ३.६१ देखि ४ जीपीए ४ हजार १७९ जनाले ल्याएका छन् ।

ग्रेड वृद्धि दिन पाउने (दुई विषयसम्म दिन पाउने) एक लाख ३० हजार ८७८ जना रहेको बोर्डले जनाएको छ । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना गरी ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*