हेटौंडामा रवि लामिछानेले भने: देशमा परिवर्तन ल्याउन सञ्चार क्षेत्र छाडेर राजनितिमा लागे

हेटौंडा – राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछानेले प्रश्न गर्न लायक बनाउन क्षेत्र परिवर्तन गरेको बताउनु भएको छ । शनिबार हेटौंडामा उम्मेदवार भेटघाट गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै लामिछानेले देशमा परिवर्तन ल्याउन आफुले सञ्चार क्षेत्र छाडेर राजनितिमा लागेको बताउनुभयो ।

अहिलेको देशको राजनितिक अवस्था सन्तोसयोग्य नभएको बताउँदै राजनैतिक दलका नेताहरुनै सन्तृष्टि नभएको उहाँको भनाई छ । चुनावी महोलमा जानेर या नजानेर सञ्चार माध्यमको दुरुपयोग हुने गरेको उहाँले बताउनुभयो । सञ्चार माध्यम निर्वाचनमा अझ बढि चासोको विषय भएको उहाँले स्पष्ट पार्नुभयो ।

विगतका दिनमा आफुले शक्तिको बलमा सञ्चार क्षेत्र चलाएको बताउनुभयो । आफुले सञ्चार क्षेत्रमा रहँदा विदेशमा अलपत्र परेका केहि मानिसहरु उद्धार गरेको केही ठाउँमा एक दुई ओटा अस्पताल सञ्चालन गरेता पनि देशको परिस्थित बदल्न राजनितिमा लागेको उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो, “धारामा पानी सफा आउन धाराको टुटी सफा गरेर मात्र हुन्न मुहान नै सफा गर्नु पर्छ ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*