उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकियो

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ती खोलामा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसपालिको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो । हिजो साझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।

उदाउँदो सूर्यलाई अर्घ्य दिन हेटौंडाको राप्ती तटमा बिहानै देखि भक्तजनहरुको निकै भीड लागेको थियो । धेरै भक्तजनहरु रातभर जाग्राम बसेका थिए । छठको मुख्य दिन हिजो अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएका मकवानपुरका भक्तजनले आज उदाउँदो सूर्यको पूजा आराधना गरेका हुन् । राप्ती तटमा बर्तालुहरुको घुइँचो लागेको थियो । झकिझकाउ बनाएर सिँगारिएको राप्ती बगरमा सयौं भक्तजन भेला भएर पूजा आराधना गरेका छन्।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ । कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अर्घ्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । पहिले तराईका सीमित क्षेत्रमा मनाइने छठले केही वर्षदेखि राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*