मकवानपुरमा निर्वाचन आचारसंहिता कडाइका साथ लागू गराईने

हेटौंडा । मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशाशन कार्यालय मकवानपुरले यस जिल्लामा निर्वाचन आचार संहिता कडाइका साथ लागू गर्ने तयारी थाल्नु भएको छ । आज भन्दा अगाडी निर्वाचन आचार संहिताको खासै पालना नभएको र अवका दिनहरुमा यसको पालना गराउनका लागि आफुहरु लागिपर्ने बताइएको छ ।

आज मकवानपुरका पत्रकारहरुसंगको अन्तिरक्रिया कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले आचार संहिता पालना गराउनका लागि आफुहरु लागिपरेको वताउनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख रमेश अर्यालको नेतृत्वमा आचारसंहिता अनुगमन समिति समेत बनाएर काम गरिएको उहाँले वताउनुभयो ।

आचारसंहिता उलंघन गरेमा जिल्ला स्तरमानै कार्बाही गर्ने भन्दा पनि निर्वाचन आयोगले कार्बाही गर्ने भएकाले यहाँको सत्य तथ्य कुरा आयोगमा पठाउने उहाँले वताउनुभयो । निर्वाचन अधिकृतको कार्यालय कानमा तेल हालेर बस्यो जस्ता कुराहरु मिडियामा आउने गरेको र त्यस्तो नभएको उहाँले वताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले आचारसंहिता जानेर वा नजानेर उलंघन गरेको पाइएमा अनुंगमन गर्ने र कार्बाहीका लागि आयोगमा लेखेर पठाउने वताउनुभयो । मकवानपुरको निर्वाचनलाई स्वस्च, निस्पक्ष र भयरहित ढंगले सम्पन्न गर्नका लागि आफुहरु लागिपरेको र संचार क्षेत्रले पनि सहयोग गर्नुपर्ने पाण्डेले वताउनुभयो ।

यसैगरी आज निर्वाचन आयोगको आयोजनामा निर्वाचन आचारसंहिताका विषयमा मकवानपुरका पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । चुनावको समयमा सञ्चारकर्मी र सञ्चारक्षेत्रले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुमनाथ पोख्रेलले निर्वाचनमा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*