श्रीलङ्काले इङ्ल्यान्डलाई दियो १४२ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा श्रीलङ्काले इङ्ल्यान्डलाई १४२ रनको लक्ष्य दिएको छ । सिड्नीमा पहिले ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४१ रन बनायो ।

श्रीलङ्काका लागि पाथुम निसंकाले ६७ रनको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै भानुका राजापाक्षले २२ रन बनाउँदा कुशल मेन्डिसले १८ रनको योगदान गरे ।

बलिङतर्फ इङ्ल्यान्डका लागि मार्क उडले तीन विकेट लिए । त्यस्तै वेन स्टोक, क्रिस ओक्स, श्याम करन र आदिल रासिदले एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै इङ्ल्यान्ड सेमिफाइनलमा पुग्ने योजनामा छ । यता श्रीलङ्का आजको खेलमा जित निकाल्दै सुपर १२ को सुखद अन्त्य गर्ने योजनामा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*