देश बनाउन ओलीको सरकार निर्माण हुनुपर्छ–कमल थापा

हेटौडा । मकवानपुर क्षेत्र नम्बर–१ का एमालेका तर्फबाट उम्मेदवार तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले देश बनाउन र बचाउन केपी ओलीको नेतृत्वमा सरकार निर्माण हुनुपर्ने वताउनु भएको छ ।

नेकपा एमाले हेटौंडा–४ वडा कमिटीले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मंसिर ४ गतेको चुनाव पछी ओलीको नेतृत्वमा सरकार निर्माण हुने वताउनुभयो । गठवन्धनका कारण अहिले मुलुक संकटमा परेको वताउनुभयो । गठवन्धन सरकारकै कारण मुलुक संकलटमा परेको वताउनुभयो ।

नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–१ को प्रदेशसभा (ख) का उम्मेदवार एकालाल श्रेष्ठले गठवन्धन सरकारका कारण मुलुकमा आर्थिक संकटमा परेको वताउनु भएको छ । हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै उहाँले गठवन्धनले मुलुकलाई तहसनहस बनाएको वताउनुभयो । नेपालीले स्वाभिमान पूर्वक बाच्न पाउने अधिकार सुनिस्चित हुनुपर्ने वताउनुभयो ।

अहिले मुलुक चिन्तजनक अवस्थामा रहेको वताउनुभयो । अब हेटौंडाको सडकलाई फराकिलो बनाउन सबै लाग्नुपर्ने वताउनुभयो । हेटौंडाको बाइपास सडक निर्माण पनि गर्दै मुल सडक पनि फराकिलो बनाउनु पर्ने वताउनुभयो । कार्यक्रममा एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, भारती पाठक लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*