मकवानपुरलाई चाहिने मतपत्र आइपुग्यो
हेटौंडा । मकवानपुर जिल्लालाई चाहिने आवस्यक मतपत्र आइपुगेको छ । जिल्लालाई चाहिने प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको हो । मकवानपुरका दश वटै स्थानीय तहका मतदान केन्द्रलाई चाहिने मतपत्र आइसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो ।
निर्वाचनका लागि आवस्यक सामाग्री प्याकिङ हुँदै हुदै गरेको उहाँले वताउनुभयो । समानुपातिकको मतपत्र पहिलेनै आएको र प्रत्यक्ष तर्फको मतपत्र पनि हिजो हेटौंडामा आइपुगेको छ ।
निर्वाचनका लागि आवश्यक पर्ने विभीन्न थरीका सामाग्रि पनि आइसकेर अहिले जिल्ला निर्वाचन कार्यालयमा प्याकिङको काम भइरहेको उहाँले वताउनुभयो । निर्वाचनका लागि प्रत्यक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवस्यक बिभिन्न थरीका सामाग्रीहरु कर्मचारीलाई तालिमपछी हस्तान्तरण गरिने निरौलाले वताउनुभयो ।
निर्वाचनमा सकेसम्म बिभीन्न कार्यालयमा कार्यरत कर्मचारी खटाउने तयारी भएको उहाँले वताउनुभयो । कर्मचारीको विवरण केहीदिनमा सबै प्राप्त गरेपछी हरेक मतदान केन्द्रमा खटाउने उहाँले वताउनुभयो ।
























