निर्वाचनका लागि मकवानपुरमा ३ हजार जना कर्मचारी खटाइने

हेटौंडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर जिल्लामा ३ हजार जना कर्मचारी खटाइने भएको छ । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाउने भएको छ ।

हेटौंडामा रहेका बिभीन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अरु पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।

मकवानपुरका प्रत्यक मतदान केन्द्रमा कर्मचारीहरु खटाउन लागिएको छ । स्थानीय तहको चुनावमा भन्दा अहिले प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिने भएका हुन् । निर्वाचनमा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई यही कार्तिक २८ र २९ गते निर्वाचनका सामाग्री जिम्मा लगाएर पठाउने तयारी निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिब स्तरमा मतदान अधिकृत रहेका छन् भने अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाको गाउँ गाउँमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ भने नायव सुव्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ । शिक्षकहरुलाई भने सहायक स्तरका कर्मचारीको रुपमा मात्र खटाइएको उहाँले वताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*