मकवानपुरमा मतदान अधिकृत र सहायक अधिकृतको तालिम सुरु

हेटौंडा । मकवानपुर जिल्लामा मंसिर ४ गतेको चुनावका लागि खटिएका ८ सय जना मतदान अधिकृत र सहायक अधिकृतका लागि आज देखि दिन लागिएको दुइ दिने तालिम सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौंडाले आज र भोली दुइ दिनको तालिम दिएपछी कर्मचारीहरुलाई निर्वाचन सामाग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाउने भएको छ ।

जिल्लाको एक सय ६५ वटा मतदान स्थलमा रहेका ३ सय ७४ मतदान केन्द्रमा खटिने ७ सय २८ जना र अरु थप १० प्रतिशत गरी ८ सय जनालाई तालिम दिन सुरु गरिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएका छ । दुइ दिनको तालिम दिएपछी मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तीपत्र बुझेर आएपछी निर्वाचन कार्यालयले मतदानका दिन चाहिने आवस्यक सामाग्री हस्तान्तरण गर्ने तयारी गरेको छ ।

मंसिर ४ गतेको चुनावका लागि निर्वाचन अधिकृतको कार्यालयले कार्तिक आज र भोली चुनावमा खटिने निर्वाचन अधिकृत र सहायक अधिकृतको तालिम दिन सुरु गरेको हो । चुनावमा गर्नुपर्ने सबै कामका विषयमा जानकारी दिएर उनीहरुलाई खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो ।
प्रत्यक्षतर्फका र समानुपातिक उम्मेदवारका लागि मत राख्ने तरिका, भीड नियन्त्रण, मसी लगाउने, नाम रुजु गर्ने, दोहोर्‍याएर मत हाल्न आएमा अपनाउनुपर्ने तरिका, मतदाताले गोप्य रुपमा मतदान गर्न पाउने आफ्नो अधिकारलाई सुरक्षित ढंगले प्रयोग गर्नेबारे प्रशिक्षित गराएको छ ।

जिल्लाका एक सय २ वटै वडाका हरेक मतदान केन्द्रमा खटिने ७ सय २८ जना मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिन लागिएको उहाँले वताउनुभयो । तालिम दिइसकेपछी उनीहरुलाई २८ र २९ गते मतदानका दिन चाहिने सामाग्री दिएर सम्वन्धीत मतदान केन्द्रमा खटाइने उहाँले वताउनुभयो । मंसिरको १ गते सम्म निर्वाचनका लागि खटाइएका सबै कर्मचारी सम्वन्धीत मतदान केन्द्रमा पुगिसक्नुपर्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*