चुनावका लागि मकवानपुरमा खटिने कर्मचारीलाई आज र भोली नियुत्तिपत्र दिईदै
हेटौंडा । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनका लागि मकवानपुर खटिने कर्मचारीहरुलाई आज र भोली नियुक्ती पत्र वितरण गरिने भएको छ । मकवानपुरको क्षेत्र नम्बर–१ र २ मा रहेको निर्वाचन अधिकृतको कार्यालयले चुनावमा खटिएका कर्मचारी र शिक्षकहरुलाई आज र भोली नियुक्तीपत्र वितरण गर्न लागेको हो ।
जुन निर्वाचन क्षेत्रमा खटिएका छन् त्यही निर्वाचन अधिकृतको कार्यालयले कर्मचारीलाई नियुक्तीपत्र वितरण गर्ने मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । जिल्लामा ३ हजार जना कर्मचारी खटाइने भएको छ । ३ हजार जना कर्मचारी मध्यमा ५ सय जना सहायक स्तरका शिक्षकहरुलाई पनि खटाउने भएको छ । नियुक्तपत्र लिइसकेपछी कर्मचारीलाई चुनाव खर्च र मतपत्र लगायतका मतदानका दिन चाहिने सामाग्री पनि हस्तान्तरणको तयारी गरिएको उहाँले वताउनुभयो ।
हेटौंडामा रहेका बिभीन्न मन्त्रालय, जिल्ला स्तरका कार्यालय र स्थानीय तहसमेत गरेर २ हजार ५ सय जना कर्मचारी र अरु पाँच सय जना सहायक स्तरका स्थायी शिक्षकहरुलाई चुनावमा खटाउन लागिएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो ।
मकवानपुरका प्रत्यक मतदान केन्द्रमा कर्मचारीहरु खटाउन लागिएको छ । स्थानीय तहको चुनावमा भन्दा अहिले प्रदेश र प्रतिनिधीसभाको चुनावमा धेरै कर्मचारी यस जिल्लामा खटिने भएका हुन् । निर्वाचनमा मतदान केन्द्रमा खटिएका कर्मचारीलाई आज र भोली नियुक्तपत्र वितरण गर्ने र निर्वाचनका सामाग्री जिम्मा लगाउने तयारी समेत भएको छ ।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा उपसचिब स्तरमा मतदान अधिकृत रहेका छन् भने अधिकृत स्तरका सहायक अधिकृत खटिएका छन् । जिल्लाको गाउँ गाउँमा भने अधिकृत तहका मतदान अधिकृत खटाइएको छ भने नायव सुव्बा तहका कर्मचारीलाई सहायक अधिकृतको रुपमा खटाइएको छ । शिक्षकहरुलाई भने सहायक स्तरका कर्मचारीको रुपमा मात्र खटाइएको उहाँले वताउनुभयो ।
























