मकवानपुरका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे

हेटौंडा । पर्सि आइतवार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि मकवानपुरका सबैजसो मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । गएराती १२ बजेबाट मौन अवधि सुरु भएको सूचना टाँस गर्ने लगायतका काम कर्मचारीहरुले गरिसकेका छन् ।

मकवानपुरको दश वटै मतदान केन्द्रमा कर्मचारीहरु पुगिसकेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । मकवानपुरका मुख्य निर्वाचन अधिकृत निरौलाका अनुसार निर्वाचनको आवश्यक सम्पूर्ण तयारी तथा व्यवस्थापन पूरा भएको वताउनुभयो । कर्मचारी र सुरक्षाकर्मी हिजो साँझ सम्म नै चुनाव सामग्रीसहित मतदान स्थलमा पुगिसकेका छन् ।

मकवानपुरको मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयबाट मतदान स्थल र केन्द्रमा खटिएका कर्मचारी आवश्यक सामग्री बुझेर कार्यस्थलमा खटिएको उहाँले वताउनुभयो । उनीहरुले बुझेको सामग्री प्रहरीको सुरक्षामा मतदान स्थलमा सुरक्षाका साथ राखेका छन् ।

चुनावमा खटिएका कर्मचारीले तोकिएको निर्वाचन अधिकृतको कार्यालबाट मतपत्र, मतपेटिका, छेकबार, स्वस्तिक छाप, लाहा, मतपेटिका सुरक्षण सिल, स्टिकर, स्ट्याम्प प्याड, मसी, मतदाता परिचयपत्र, रबर म्याट, कपडा, कैँची, स्केल, कागज, सियो, धागो, सलाई, ब्रोसरलगायतका ७३ प्रकारका निर्वाचन सामग्री बुझेरे मतदान केन्द्रमा गएका हुन् । ती सामग्रीलाई मतदान केन्द्रका अधिकृत, कर्मचारी र सुरक्षाकर्मीले सुरक्षा दिएर राखेका छन् । साथै मतदान स्थल निर्माणको काम सुरु गर्ने तयारी पनि थालेका छन् ।

मतदान अधिकृतसहितका कर्मचारीले मतदान केन्द्र वरिपरि कुनै पनि प्रकारको जाँडरक्सी खान पाइनेछैन । चुनावको सुरक्षाका लागि पहिलो घेरामा म्यादी प्रहरी, नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी बल र तेस्रो घेरामा नेपाली सेना खटिनेछन् ।

एक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी पाँच र सहयोगी एकसहित आठ जना कर्मचारी रहने व्यवस्था छ । कतिपय नजिकका मतदान केन्द्रले सुरक्षाको कारण मतपत्र नबुझेको र त्यहाँ आज र भोलि मतपत्र लगिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*