मकवानपुरमा प्रचारप्रसारमा पूर्णरूपमा निषेध, मदिरामा प्रतिबन्ध

हेटौंडा । देशैभरी जस्तै मकवानपुर जिल्लामा पनि प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन।

यस अवधिमा प्रचार प्रसारको काम पूर्ण रुपमा निषेध गरिएको र मदिरा बिक्री वितरणमा पूर्ण रुपमा रोक लगाइएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो । यदी अटेर गरेर मदिरा बिक्री गरेको पाइए कार्बाही गरिने निरौलाले वताउनुभयो ।

मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो । यो अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया, सभा–सम्मेलन, कार्यशाला र गोष्ठी गर्न नपाइने उहाँले जानकारी दिनुभयो ।

उम्मेदवार, दल, भ्रातृ संगठनले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा प्रचार सामग्री पूर्ण रूपमा हटाउनुपर्ने बताएको छ। यो अवधिमा सामाजिक सञ्जाल, छापा वा अन्य कुनै माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश सूचना प्रचार सामग्रीलगायत लाइक र कमेन्ट गर्न समेत पाइँदैन।

मौन अवधिमा मदिरा बिक्री–वितरण र सेवनमा निषेध गरेको छ । मतदान तथा मतगणनाका वेला शान्ति कायम राख्न मतदानको समयभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा निषेध गरेको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*