रुसद्वारा युक्रेनको भौतिक संरचनामा पुनः आक्रमण , ७ जनाको मृत्यु दर्जनौं घाइते

काठमाडौं । रुसले युक्रेनी भौतिक पूर्वधारहरुमा फेरी भीषण हवाई हमला गरेको छ ।

हवाई हमलाका कारण युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक रुपमा क्षति पुगेको हो । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ७ जना मानिसको मृत्यु भएको छ । दर्जन बढी मानिस घाइते भएका छन् । रुस युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला रुसले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर आक्रमणलाई तीव्रता दिएको हो ।

पूर्वी क्षेत्रमा रहेको ग्यास उत्पादक कारखाना र डेनिप्रोमा रहेको क्षेप्यास्त्र उत्पादन गर्ने सैन्य कारखाना पनि ध्वस्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले जानकारी दिनुभएको छ । रुसको ताजा आक्रमणका कारण १ करोड युक्रेनी जनता अन्धकारमा बस्न बाध्य भएको पनि उहाँले बताउनु भएको छ । रुसको पछिल्लो आक्रमणको निशानामा डेनिप्रो परेको छ ।

कीभको सैनिक प्रशासनले दुई वटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमान खसालेको दावी गरेको छ । स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बाढएको हो ।

यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेसले कृष्णसागरबाट खाद्य सामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको ४ महिना अघिको सहमतिको म्याद समाप्त हुनु केही दिन अघि उक्त सहमति थप भएको घोषणा गर्नुभएको छ । टर्कीको इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्र संघ पूर्ण रुपमा प्रतिवद्ध रहेको उहाँको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*