हेटौंडामा म्यानेजमेन्ट र इन्फोटेकबीच मैत्रीपूर्ण टी–२० प्रतियोगिता

हेटौंडा । हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित नेशनल इन्फोटेक कलेजबीच मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ । हेटौंडाको हुप्रचौरमा शुक्रबार बिहान मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षता तथा नेशनल इन्फोटेक कलेजका प्रिन्सीपल मनिष सिंह र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो । टस जितेर इन्फोटेकले व्याटिङ गरेको छ । म्यानेज्मेन्टको कप्तानी विशाल फुयाँल र उपकप्तानमा युविन बुढाथोकी रहेका छन् । एक महिनाअघि म्यानेजमेन्टको टिम बीरगन्ज पुगेर मैत्रीपूर्ण खेल खेलेको थियो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले क्रिकेट प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका खेलाडी राम नरेश गिरीलाई नियुक्त गरेर नियमित प्रशिक्षण गराइरहेको छ । हेटौंडाको हुप्रचौरमा दैनिक २ घण्टा प्रशिक्षण गराइरहेको छ । प्रशिक्षणमा १५ देखि २० जना खेलाडी सहभागी नियमितरुपमा सहभागी भइरहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*