दिउसो १ बजे सम्ममा मकवानपुरमा ३० प्रतिशत मत खस्यो

हेटौंडा । मकवानपुरमा जारी मतदानमा दिउसो १ बजे सम्ममा ३० प्रतिशत मत खसेको छ । जिल्लाका सबै स्थानीय तहमा गरी ३० प्रतिशत मत खसेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । बिहानको तुलनामा अहिले अली मतदाताहरु मतदान गर्न आएका छन् ।

स्थानीय तहको चुनाबमा भन्दा मकवानपुरका मतदाताहरुमा कम उत्साह देखिएको छ । स्थानीय तहको चुनाबमा आफ्ना गाउँ भन्दा बाहिर रहेका मतदाताहरु पनि आउने गरेका थिए । तर, अहिले बाहिरबाट अघिल्लो दिनमै मतदान गर्न आउने मतदाताहरु निकै कम देखिएका छन् ।
पहिलेका चुनाबमा मतदान केन्द्रमा निकै भीड हुने गरेको भएपनि अहिलेको चुनाबमा त्यती बेलाको स्थानीय तहको चुनाबमा भन्दा कम भीड देखिएको छ ।

मकवानपुरका पहाडी क्षेत्रमा चिसोका कारण बिहानको समयमा अधिकांश केन्द्रमा मतदाताको उपस्थिति कम रहेको र अहिले उपस्थिति बढेको मतदान अधिकृतहरुले जनाएका छन् ।

जिल्लाको सबै क्षेत्रमा अहिलेसम्म शान्तिपूर्ण ढंगबाट मतदान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले वताउनुभयो ।
मकवानपुर जिल्लामा दुइ वटा प्रतिनिधी सभा र चार प्रदेशसभा निर्वाचनमा कुल ३ लाख ७ सय ३३ जना मतदाताले आज मतदान गर्दै छन् । मकवानपुरका सबै जसो मतदान स्थलमा बिहानै देखि चहलपहल भइरहेको छ । मतदाताहरु मतदान गर्नका लागि लाइनमा बस्न थालेका छन् ।

कर्मचारीहरु बिहानको झिसमिसे देखिनै आफ्ना केन्द्रमा तैनाथ छन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । यस क्षेत्रमा अन्य ४ जना मतदाता रहेका छन् ।

यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।

यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*