मकवानपुरको मतगणना ११ बजेबाट सुरु हुदै
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक दुबैतर्फ एकसाथ मतगणना गरिने मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिनुभयो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ५ वटा समूह बनाएर प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य प्रत्यक्ष र समानुपातिकतर्फको गणना गर्ने तयारी भइरहेको छ ।
आइतबार सम्पन्न प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा १ लाख ७८ हजार २ सय ८२ मत खसेको छ । यो कुल मतदाता संख्याका आधारमा ५९ प्रतिशत हो । ९२ हजार ८ सय ७७ पुरुष तथा ८५ हजार ४ सय महिला र अन्य ५ ले मतदान गरेको मकवानपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभएको छ । आइतबार राती २ बजेसम्ममा सबै मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा आइपुगिसकेको थियो ।
























