मकवानपुर २ मा एमालेका बर्तौलाको अग्रता कायमै
मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडालाई पछि पार्दै एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायम राखेका छन् । बर्तौलाले अग्रता कायम राख्दा खतिवडा ३५१ मतले पछि परेका हुन् ।
कुल १३ हजार ७४१ मत गणना हुँदा खतिवडाले ५ हजार ३२० मत पाएका छन् भने एमालेका बर्तौलाले ५ हजार ६७१ मत ल्याएका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले १ हजार ५२६ मत ल्याएका छन् ।
























