मकवानपुर–१ मा दीपक बहादुर सिंहको अग्रता

हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले अग्रता बनाउनुभएको छ । मतगणनाको अन्त्यतिर आइपुग्दा २५ हजार १ सय ४८ मतसहित राप्रपाका उम्मेदवार सिंहले अग्रता बनाउनुभएको हो ।

अन्तिम तीन वटा वडाको मतगणना गर्ने क्रममा सिंहले अग्रता बनाउनुभएको हो । सुरुवातदेखि नै अग्रता बनाउनुभएकी गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ २४ हजार २ सय १२ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ भने नेकपा एमालेका उम्मेदवार कमल थापा २३ हजार ६ सय ९४ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । अब हेटौंडा उपमहानगरपालिकाको ९ र १० नम्बर वडाको मत गणना गर्न बाँकी छ । ९१ हजार ४ सय ८६ मत खसेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*