मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राप्रपाका दीपक बहादुर सिंह विजयी हुनु भएको छ । राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका उम्मेद्वारलाई पछाडी पार्दै विजयी हुनु भएको हो ।

राप्रपाका दीपक बहादुर सिंहले २७ हजार ८ सय १६ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनकी महालक्ष्मी उपाध्यायले २५ हजार २ सय ३४ र नेकपा एमालेका उम्मेद्वार कमल थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका छन् ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा ४ हजार ५४ मत बदर भएको छ । राप्रपाका सिंह २०५४ सालदेखि हालसम्म स्थानीय तह, संविधान सभा र प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गरी यसअघि ६ वटा निर्वाचनमा पराजित हुनु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*