मकवानपुरमा समानुपातिकतर्फ नेकपा एसको मत ३८२७, राप्रपाको ५३६
हेटौंडा । मकवानपुर जिल्लाभरीमा नेपाल कम्यसनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीले प्रतिनिधीसभा तर्फको समानुपातिकको मतगणनामा ३ हजार ८२७ मत मात्र प्राप्त गरेको छ । समानुपातिक तर्फको जिल्लाभरीको मतगणनामा नेकपा एसको कलम चुनाब चिन्हमा दुइ वटै प्रतिनिधीसभाको निर्वाचन क्षेत्रमा गरी यती मत प्राप्त गरेको हो ।
नेकपा एसले मकवानपुर प्रतिनिधीसभा तर्फको क्षेत्र नम्बर–१ का समानुपातिकको मतगणनामा १ हजार २४७ मत प्राप्त गर्दा क्षेत्र नम्बर–२ मा भने २ हजार ५८० मत प्राप्त गरेको छ ।
यसैगरी मकवानपुर जिल्लाभरीमा प्रतिनिधीसभा तर्फको समानुपातिक तर्फ राप्रपा नेपालले ५३६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले जनाएको छ । राप्रपा नेपालले तिर चिन्हमा क्षेत्र नम्बर–१ मा ४५५ र क्षेत्र नम्बर–२ मा ८१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार गणना भएको १ लाख ७७ हजार ८५८ मतमा नेकपा एमाले पहिलो दल बनेको छ । एमालेले क्षेत्र नं।१ बाट २२ हजार ६११ र २ बाट २८ हजार १९६ गरी कुल ५० हजार ८०७ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेस ३६ हजार २६४ मत सहित दोस्रो दल बनेको छ भने रबि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० २९ हजार ८८९ मत सहित तेस्रो भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्र २६ हजार १३३ मत सहित चौथो बन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी १६ हजार ७७१ मत सहित पाँचौ स्थानमा रहेको छ ।
खसेको मतमध्ये १ लाख ७० हजार १६६ सदर हुँदा ७ हजार ६९९ मत बदर भएको जिल्लाको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । प्रत्यक्षतर्फ दुई प्रतिनिधिसभा रहेको जिल्लामा एमाले र राप्रपाले एकरएक स्थानमा जितेको छ । प्रदेशसभामा माओवादी केन्द्रले दुई स्थानमा बाजी मार्दा एमाले र कांग्रेस एक–एक स्थानमा जितेको छ ।
























