मकवानपुरको हात्तिसुडेमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको बकैयाँ गाउँपालिका वडा नम्बर–५ हात्तिसुडेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हेटौंडा–धरानचतरा सडकखण्ड अन्तरगत हात्तिसुडेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।

बकैयाँको हात्तिसुडेबाट श्रीपुर तर्फ जादै गरेको प्रदेश २ ०३०१८ प २५५७ नम्बरको मोटरसाइकल आफै दुर्घटना हुँदा बकैयाँ ५ श्रीपुर बस्ने २८ वर्षिय श्याम लामाको मृत्यु भएको हो ।

गएराती १० बजे मोटरसाइकल अनियन्त्रित भई सडकको नालिमा खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लामा दुर्घटनामा घाईते भई उपचारको लागी चुरेहिल अस्पताल हेटौडामा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*