बागमती प्रदेशमा मानव अधिकार उलंघनको ३३ उजुरी
हेटौँडा । बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ उजुरी परेको छ । प्रदेशको १३ जिल्लाबाट उजुरी पर्दा मकवानपुरबाट भने कुनै पनि उजुरी नपरेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयले जनाएको छ कार्यालयले आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८÷०७९ को मानवअधिकारको अवस्थाबारे रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिएको हो ।
रिर्पोट सार्वजनिक गर्दैै मानवअधिकार आयोगका बागमती प्रदेश कार्यालयका उपसचिव यज्ञप्रसाद अधिकारीले गत आर्थिक वर्षमा बागमतीमा ३३ वटा उजुरी परेकोमा प्रदेशको राजधानी समेत रहेको मकवानपुरमा भने एउटा पनि उजुरी नपरेको उल्लेख गरे ।
मकवानपुर सहित बागमतीका रसुवा र सिन्धुलीबाट पनि कुनै उजुरी नपरेको उनको भनाई छ उजुरी पर्नेमध्ये सबैभन्दा धेरै काठमाण्डौँको रहेको छ । काठमाण्डौँ जिल्लाबाट ८ वटा उजुरी परेका छन भने ललितपुरबाट ७ वटा उजुरी परेको छ ।
उजुरी पर्ने अन्य जिल्लाहरुमा चितवनबाट ४ वटा, नुवाकोटबाट ४ वटा, सिन्धुपाल्चोकबाट ३ वटा, धादिङ र दोलखाबाट २–२ वटा तथा रामेछापबाट १ उजुरी परेको छ ।
आयोगमा उजुरी हालेपनि कार्यन्वयनको पक्ष भने निकै फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीको भनाई छ । नेपालमा राष्ट्रिय मानवअधिकार आयोगमा परेका उजुरी मध्य १०।५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको उनले बताए ।
























