बागमती प्रदेशमा अब लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

हेटौंडा । वाग्मती प्रदेशबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको छ । प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू जानकारीसहित परिपत्र वाग्मती प्रदेशको सबै यातायात कार्यालयमा गरिएको छ ।

वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार गरेको परिपत्रअनुसार सवारी अनुमतिपत्र सम्बन्धी नयाँ कार्यविधि लागू भएको छ । पाँच महिनाअघि प्रदेशका सबै यातायाता कार्यालय प्रदेश यातायात मन्त्रीस्तरीय बैठकले अंक प्रणाली लागू गर्ने निर्णय गरेको थियो । निर्देशिका जारी भएको करिब दुई वर्षपछि लाइसेन्समा अंक प्रणाली लागू गर्न लागिएको हो ।

लिखित परीक्षमा भने ६० अंक ल्याउनुपर्ने भएको छ । यसअघि ५० रहेकोमा त्यसलाई बढाइएको मन्त्रालयले ६० गरेको हो ।
गत असोज २ गतेबाट लागू गर्ने तयारी गरेकोमा प्रदेश यातायात मन्त्रालय र मुख्यमन्त्री कार्यालयबीच असमझदारीले रोकिएको थियो । अन्य धेरैजसो प्रदेशमा यो प्रणाली लागू भइसकेको छ । यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन । अब प्रयोगात्मक परीक्षमा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने छ ।

यातायात मन्त्रालयका प्रवक्ता तथा उपसचिव हरिहर पोखरेलका अनुसार अहिले ट्रायल दिनेले पूर्णांक १०० अंक नै ल्याउनुपर्ने व्यवस्थालाई सहज बनाइएको छ । ‘सानो गल्ती भए पनि अनुत्तीर्ण हुने अव्यावहारिक सिस्टम भयो कि भन्ने लागेर व्यावहारिक बनाउन खोजिएको होु, पोखरेलले भने,‘यो व्यवस्था प्रदेशका सबै यातायात कार्यालयमा लागू हुनेछ ।’

प्रदेश यातायात मन्त्रालयलको परिपत्रअनुसार परीक्षास्थलमा निष्पक्षता कायम गरी परीक्षाको रेकर्ड राख्न सीसीटीभी क्यामेरा जडान गर्नुपर्ने छ । त्यसैगरी परीक्षाका क्रममा भएका सबै चरणका गतिविधिहरुको भिडियो ३० दिनसम्म विद्युतीय अभिलेख राख्नुपर्ने व्यवस्था गरिएको छ । यसबाट कसैले पक्षपात गरेर फेल गरेको उजुरी दियो भने पनि रेकर्ड हेर्न सकिनेछ । परिपत्रमा परीक्षास्थल उपयुक्त भएरनभएको निरीक्षण गरेर मात्र लागू गर्न सम्बन्धित कार्यालयलाई पत्राचार गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*