क्यान मकवानपुरको वार्षिक साधरणसभा सम्पन्न

हेटौंडा । कम्युटर एशोसियसन नेपाल महासंघ क्यान मकवानपुरको १६ औं वार्षिक साधरणसभा शनिवार हेटौंडामा सम्पन्न भएको छ ।

साधरणसभाको उद्घाटन कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले हेटौंडालाई सूचना प्रविधिमैत्री बनाउन क्यानसंग सहकार्य गरेर काम गर्ने बताइन् ।

उद्घाटन कार्यक्रममा क्यानका केन्दीय सचिव चिरन्जिवि अधिकारी, पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारू मगर, क्यान मकवानपुरका संस्थापक अध्यक्ष नेत्रबहादुर श्रेष्ठ, पुर्व अध्यक्ष श्यामकल श्रेष्ठ, दिपेन्द्र रेग्मी लगायतको आतिथ्यता रहेको थियो ।

क्यान मकवानपुरका जेष्ठ सदस्य योगेश्वर बहादुर श्रेष्ठलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

क्यान मकवानपुरका कार्यवहाक सचिव गोविन्द चौलागाईले संस्थाका गतिविधिहरू समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उद्घाटन कार्यक्रम क्यान मकवानपुरका अध्यक्ष पुष्पराज पुडासैनीको सभाध्यक्षतामा भएको थियो । २०६३ सालमा स्थापना भएको क्यान मकवानपुरमा १०५ जना संस्थागत र व्यक्तिगत साधरण सदस्य छन् । साधरणसभासंगै जारी अधिवेशनबाट नयाँ नेतृत्व पनि चयन हुनेछ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*