रासायनिक मलको प्रवन्ध मिलाउन प्रदेश मन्त्रालय पुगे सांसद बर्तौला
हेटौँडा । नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नंबर २ मा निर्वाचित भएका प्रतिनिधिसभा सांसद महेश बर्तौला रासायनिक मलको आवश्यक प्रवन्ध मिलाउनको लागि बागमती प्रदेशको कृषि मन्त्रालय पुगेका छन् ।
मकवानपुर जिल्लामा तरकारी खेती तथा अन्य अन्नबालीको समय सुरु भएसँगै किसानहरु रासायनिक मल नपाएर समस्यामा परेको अवस्थामा सांसद बर्तौला मलको अतिरिक्त ब्यवस्थापनको लागि भन्दै प्रदेश मन्त्रालय पुगेका हुन् ।
प्रदेश मन्त्रालय पुगेर बर्तौलाले मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेसँग भेट गरि मकवानपुर जिल्ला तरकारीको जोन समेत रहेको बताउँदै कोटा भन्दा अतिरिक्त रासायनिक मलको बयवस्थापन गर्नको लागि अनुरोध समेत गरेका छन् । किसानलाई मल वितरणको विषयमा संघिय सरकार र प्रदेश सरकार मिलेर अघि बढनुपर्ने समयमा किसानको समस्याबारे अवगत रहेको सरकार कानमा तेल हालेर बस्दा यो समस्या आएको उनले बताएका छन् ।
























