बागमती प्रदेशमा सात राजनीतिक दलका सांसदहरुले प्रतिनिधित्व गर्ने
हेटौँडा । बागमती प्रदेशसभामा सातवटा राजनीतिक दलका सांसदहरुले प्रतिनिधित्व जनाउने भएका छन् । यस प्रदेशमा सात राजनीतिक दलले ‘थ्रेस होल्ड’ कटाएका छन् ।
नेकपा एमालले ३२ दशमलव ३९ प्रतिशत मत प्राप्त गरी १४ सिट प्राप्त गर्दा नेपाली कांग्रेसले २७ दशमलव २४ प्रतिशत मत पाई १२ सिट प्राप्त गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले १५ दशमलव ५५ प्रतिशत मत प्राप्त गरी सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ दशमलव ८३ प्रतिशत मतले ६ सिट प्राप्त गरेको छ ।
यता, नेकपा ९एस० ले ३ दशमलव ७४ प्रतिशत मत र नेपाल मजदुर किसान पार्टीले ३ दशमलव ६८ प्रतिशत मत प्राप्त गरी समान दुई सिट प्राप्त गरेका छन् ।
हाम्रो नेपाली पार्टीले २ दशमलव ५७ प्रतिशत मतले एक सिट प्राप्त गरेको छ ।
























