बागमती प्रदेशसभाका १ सय १० सांसदको नाम टुंगो लाग्यो

हेटौंडा । बागमती प्रदेशसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक भएसँगै १ सय १० सांसदको नाम टुंगो लागेको छ ।

प्रदेशसभामा सत्ता गठबन्धनको नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ ।

२०७४ मा भएको प्रदेशसभा निर्वाचनमा प्रत्यक्ष ७ र समानुपातिकतर्फ १४ गरेर २१ सिटमा सिमित बन्दै तेस्रो बनेको कांग्रेस यसपटक प्रत्यक्ष र समानुपातिक गरेर ३७ सिटसहित पहिलो पार्टी बनेको हो ।

०७४ मा प्रत्यक्षमा ४२ र समानुपातिकमा १६ सिट गरेर ५८ सिट सहित बहुमत प्राप्त गरेको नेकपा एमाले यसपटक प्रत्यक्ष र समानुपातिक गरेर २७ सिट मा सिमित बन्दै दोस्रो पार्टी बनेको छ ।

यसैगरी, ०७४ मा प्रदेशसभामा दोस्रो बनेको गठबन्धनको माओवादी यसपटक २१ सिटसहित तेस्रो पार्टी बनेको छ ।

यसअघि ०७४ मा प्रत्यक्षमा एकसिट पनि नजितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपटक प्रत्यक्ष र समानुपातिकसहित १३ सिट प्राप्त गर्दै चौथो पार्टी बन्न सफल भएको छ ।

यता, एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजवादी (एस ) पार्टी ७ सिटमा खुम्चिएर पाँचौ बनेको छ । तत्तकालिन एमालेबाट टुक्रिएर १२ प्रदेशसभा सदस्यसहित चौथो बनेको एस यसपटक ७ सिटमा खुम्चिएको हो ।

यसैगरी, प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरेर नेपाल मजदुर किसान पार्टीले ३ सिट र हाम्रो नेपाली पार्टीले २ सिट प्राप्त गरेको छ ।

योसँगै यसपटक बागमती प्रदेशसभामा ७ वटा पार्टी आएका छन् । ११० प्रदेश सदस्य रहेको बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक पर्ने हुन्छ ।

यसअघि ०७४ मा एमाले एक्लैले ५८ सिट प्राप्त गर्दै स्पष्ट बहुमत प्राप्त गरेको थियो तर यसपटक कुनै पनी पार्टीले बहुमत प्राप्त गरेको छैन् ।

कुनै पनी पार्टीले स्पष्ट बहुमत प्राप्त नगर्दा सत्ता गठबन्धनले नै सरकार बनाउने अवस्था देखिएको छ ।

यि हुन बागमती प्रदेशका सांसदहरु

नेपाली कांग्रेस 

१. कुन्दनराज काफ्ले
२. रामकुमार पहाडी
३. छेत्र बहादुर बम्जन
४. इन्द्रबहादुर बानियाँ
५. प्रभात तामाङ
६. मदु कुमार श्रेष्ठ
७. गोविन्द लम्साल
८. रमेश कुमार महत
९. बहादुर सिंह लामा
१०. दिपेन्द्र श्रेष्ठ
११. सुरज चन्द्र लामिछाने
१२. छिरिङ दोर्जे लामा
१३. बिमल ठकुरी
१४. श्रीराम लामिछाने
१५. श्याम बहादुर खड्का
१६. हरिप्रभा खड्की
१७. पुकार महर्जन
१८. सुरेश श्रेष्ठ
१९. मीनकृष्ण महर्जन
२०. रामकृष्ण चित्रकार
२१. तिर्थबहादुर लामा
२२. कञ्चन चन्द्र वादे
२३. मसिना खड्का
२४. कृष्ण कुमार तामाङ
२५. उत्तम जोशी
२६. समिता खड्की श्रेष्ठ
२७. लक्ष्मीदेवी श्रेष्ठ
२८. गीता गुरुङ
२९. यमुनादवी श्रेष्ठ
३०. याङ्गकिला शेर्पा रुइत
३१. माया श्रेष्ठ
३२. शिवराज अधिकारी
३३. उर्मिला नेपाल
३४. मीना पोखरेल
३५. शान्ता ढकाल
३६. विनु रायमाझी पौडेल
३७. सुना परियार

नेकपा एमाले

१. भरतबहादुर केसी
२. एकालाल श्रेष्ठ
३. जयराम थापा
४. अमन कुमार मास्के
५. प्रकाश श्रेष्ठ
६. केशव प्रसाद पोखरेल
७. किरण थापामगर
८. मधुसुदन पौडेल
९. रामेश्वर श्रेष्ठ
१०. रघुनाथ महर्जन
११. प्रेमभक्त महर्जन
१२. जगनाथ थपिलया
१३. कृष्ण प्रसाद सिलवाल
१४. बिन्दु श्रेष्ठ
१५. माइली तामाङ
१६. सुकुमाया तामाङ
१७. शकुन्तला श्रेष्ठ राजभण्डारी
१८. उर्मिला सुनुवार
१९. आनन्दकुमार श्रेष्ठ
२०. ज्ञानबहादुर तामाङ
२१. ठूला थामी
२२. भारती कुमारी
२३. अप्सरा चापागाईँ
२४. मायाकुमारी कार्की
२५. दिनेशचन्द्र देवकोटा
२६. हरिप्रसाद सापकोटा
२७. बालकुमारी विश्वकर्मा

माओवादी केन्द्र 

१. युवराज चौलागाईँ
२. तारा नारायण श्रेष्ठ
३. मातृका प्रसाद भट्टराई
४. गंगा नारायण श्रेष्ठ
५. प्रेम बहादुर पुलामी
६. कुमारी मोक्तान
७. इन्द्र प्रसाद गोतामे
८. शालिकराम जम्कट्टेल
९. राधिका तामाङ
१०. रामप्रसाद ढुंगाना
११. रत्नप्रसाद ढकाल
१२. युवराज दुलाल
१३. सरल सहयात्री पौडेल
१४. ठाकुर प्रसाद ढकाल
१५. देवेन्द्र श्रेष्ठ
१६. उर्मिलाकुमारी लामा
१७. सुष्मा भुजेल
१८. डोल्मा थामी
१९. ईश्वर सापकोटा
२०. अमृता नेपाल
२१. रुकु चौलागाईँ

राष्ट्रिय प्रजातन्त्र पार्टी

१. डम्बर तामाङ
२. सुनिल के.सी
३. राजु विष्ट
४. राजेन्द्र प्रजापति
५. उद्वव थापा
६. नुरज बज्राचार्य
७. गिर बहादुर तामाङ
८. कुमारी तामाङ
९. आशा लामा
१०. धनेश्वरी प्रजापति
११. मोनिका श्रेष्ठ
१२. भुवनकुमार पाठक
१३. लक्ष्मी घिमिरे

एकीकृत समाजवादी  

१. वसन्त प्रसाद मानन्धर
२. रमा आलेमगर
३. राजेन्द्रमान श्रेष्ठ
४. लक्ष्मण लम्साल
५. कृष्ण प्रसाद खनाल
६. ओमकुमारी श्रेष्ठ
७. मायादेवी शर्मा

नेपाल मजदुर किसान पार्टी 

१. सिर्जना सायजू
२. गीता काफ्ले
३. सुरेन्द्रराज गोसाईँ

हाम्रो नेपाल पार्टी 

१. शैलेन्द्रमान बज्राचार्य
२. सरिता खड्गी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*