नेपाल जेसिसमा मकवानपुरबाट ३ जना राष्ट्रिय समितिमा निर्वाचित
हेटौँडा । नेपाल जेसिसको विरगञ्जमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका तीनजना राष्ट्रिय समितिमा निर्वाचित भएका छन् ।
जेसिसको राष्ट्रिय कार्यकारी उपाध्यक्षमा हेटौँडा लेडी जेसिसकी पूर्व अध्यक्ष रश्मी बस्नेत निर्वाचित भएकी छिन् । उपाध्यक्षहरुका बस्तिपुर जेसिजका रमेश उप्रेती तथा बसामाडी जेसिजका पुर्व अध्यक्ष सरोज अधिकारी विजयी भएका छन् ।
























