बागमती प्रदेश लोकसेवाले माग्यो ६२९ कर्मचारी
हेटौंडा । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले एकै पटक पटक ६२९ जना कर्मचारी माग गरेको छ । आजको गोरखापत्र दैनिकमा सूचना प्रकाशन गरेर एकै पटक ६ सय २९ जना कर्मचारी माग गरिएको हो ।
बागमती प्रदेश सरकार र स्थानीय तहका लागि भनेर पाँचौं तहका कर्मचारी मात्र मात्र गरिएको प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए । प्रदेशका बिभीन्न मन्त्रालय, मातहतका कार्यालय र स्थानीय तहका लागि भनेर पाँचौ तहका ६२९ जना कर्मचारी माग गरिएको उनले बताए ।

























