बागमती प्रदेशसभाका जेष्ठ सदस्य ढुंगानाले लिए सपथ
हेटौँडा । बागमती प्रदेशसभाका जेष्ठ सदस्य ७२ वर्षका रामप्रसाद ढुंगानाले सपथग्रहण गरेका छन् ।
बागमती प्रदेशका प्रमुख यादबचन्द्र शर्माबाट ढुंगानाले सपथग्रहण गरेका हुन् । ७२ वर्षीय ढुंगनाले बागमती प्रदेशसभाले सभामुख चयन नगरेसम्मको लागि प्रदेशसभाको अध्यक्षता ग्रहण गर्नेछन् ।
ढुङ्गाना २००६ असोज २ गते जन्मेका थिए । उनि प्रदेशसभामा नुवाकोट क्षेत्र नंबर २ को १ बाट विजयी भएका हुन् ।
























