कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा लामा निर्वाचित

हेटौंडा । कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिं लामा निर्वाचित भएका छन् ।

केहिबेर अघि सम्पन्न मतगणना अनुसार दलको नेतामा लामा विजयी भएको कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामाले २१ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

लामाका प्रतिस्पर्धी कांग्रेस बागमतीका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*