बकैयामा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हेटौंडा । सिन्धुली सडकखण्डअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–५, तीनतलेमा आज शुक्रबार बिहान मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकल चालक हेटौंडा–१८, फुर्केचौरका ३० वर्षीय बिक्रम भम्जनको बिहान ९ बजेर २१ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान ७ बजेर ४५ मिनेटको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक बारा जिल्लाको निजगढ नगरपालिका–९ का २५ वर्षीय सूर्य बहादुर घिमिरे, ट्रकमा सवार परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुष, मोटरसाइकलमा सवार अन्दाजी ४० वर्षीया हिरामाया लोप्चन घाइते भएका छन् । घाइते सबैको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*