हेटौंडा-३ मा मनाइयो पृथ्वीजयन्ती
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी हेटौंडा-३ नम्बर वडा एकाइ किमिटिको आयोजनामा आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । पृथ्वीनारायण शाहको १०३ औं जन्मजयन्तीको अबसरमा शाहको तस्बिरमा माल्यार्पण साथै वृद्धवृद्धालाई सम्मान गरि दिवस मनाएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य तथा ३ नम्बर वडा एकाइ संयोजक निर्धोज्वज खड्काको सभाध्यक्षतामा भएको कार्यक्रममा राप्रपाका केन्द्रिय सदस्य राम बहादुर थोकरको प्रमुख आतिथ्यता तथा राप्रपाका नेता राजन मैनाली र सिताराम बर्तौलाको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका नेता तथा स्थानीयहरुको उपस्थिति रहेको थियो । कार्यक्रम राप्रपा महिला संगठनका जिल्ला उपाध्यक्ष सरस्वती थिङले संचालन गर्नुभएको हो ।
























