प्रदेश लोकसेवा आयोगको तेस्रो वार्षिकोत्सव आज हेटौंडामा
हेटौंडा । प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको तेस्रो वार्षिकोत्सव आज हेटौंडामा भएको छ । वार्षिकोत्सवको प्रदेश प्रमुख यादव चन्द्र शर्माले उद्घाटन् गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश लोक सेवा आयोगको स्थापनाको अवस्थामा कर्मचारी अभाव, श्रोतसाधनको अभाबका बिचमा पनि काम गर्नु प्रसंसनीय रहेको वताउनुभएको छ ।
लोकसेवा आयोगले योग्यता, निस्पक्षता र स्वच्छता संगै प्रतिवद्धा समेत रहेको भए अझै राम्रो हुने वताउनुभयो । यदी राजनीतिक नेतृत्व भ्रष्ट छैन भने कर्मचारी कम भ्रष्ट हुने वताउनुभयो । शुसासन कायम गर्न उहाँले राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह गर्नुभयो । लोक सेवा आयोगले अनलाइनबाट गरेको परिक्षा प्रणाली परिक्षाको वातावरण तयार गर्नु राम्रो रहेको वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले अहिले सम्म १४ सय २० जना कर्मचारी नियुक्त गरेपछी काममा केही सहज भएको वताउनुभयो । प्रदेश नीजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको वताउनुभयो ।
सात वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको वताउनुभयो । प्रदेश आफैमा नयाँ भएकाले संघीय कानूनसंग बाझिएकाले केही समस्या भएको र अहिले सहज भएको वताउनुभयो । दरवन्दी भित्र अझै ३ हजार ५ सय कर्मचारी अपूग रहेको र अब कर्मचारी भर्ना गर्न ऐन निर्माण गरिसकेपछी थप सहज हुने मुख्यमन्त्री जम्मकट्टेलले वताउनुभयो ।
शुसासन हामी सबैले पालना गर्नुपर्ने वताउनुभयो । शुसासन कर्मचारी संयन्त्रसमक्ष बढी इङ्गित गरेका छौं तर, आफैले पनि त्यो पालना गर्ने वताउनुभयो । हामी सबैले शुसासन पालना नगरेको वताउनुभयो । लोकसेवा आयोगलाई दोस्रो कार्यकालको सरकारले सहयोग गर्ने उहाँले वताउनुभयो । लोकसेवा आयोगलाई परेका कानूनी अड्चन फुकाउँदै लैजाने उहाँले वताउनुभयो । शुसासनयुक्त बागमती प्रदेश बनाउने हामी सबैको कर्तव्य रहेको वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश लोक सेवा आयोगकले तीन वर्षको कठिन यात्रा पार गर्नुभएकोमा बधाइ दिनुभयो । तीन वर्ष पहिले प्रदेश सरकारले आफ्नै अस्तित्व कायम राख्न चुनौती रहेको समयमा लोक सेवा आयोगका ऐन, नियम नभएको समयमा निकै समस्या भएको स्मरण गराउनुभयो ।
सबैले विस्वास गर्ने संस्था भनेको लोक सेवा आयोग हो र यसको विश्वसनियता कायम गर्न उहाँले आग्रह गर्नुभयो । निकै समस्याका विच काम सुरु गरेको प्रदेश लोकसेवा आयोगले अहिले सफलता प्राप्त गरेको वताउनुभयो । स्थानीय तहले झ्यालबाट भित्राएर राखिएका कर्मचारी राखिएको र लोक सेवा आयोग मार्फत कर्मचारी नमाग्दा समस्या भएको वताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले प्रदेश लोकसेवा आयोगले गरेका कामहरु अत्यन्तै महत्वपूर्ण रहेको वताउनुभयो । निकै कठिनाइका साथ काम अगाडी बढाउनु भएकोमा सम्मान योग्य रहेको वताउनुभयो । कर्मचारी सबैभन्दा राम्रा छनौट गरौ र सरकारको काम सफलता तर्फ लैजान आग्रह गर्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेस मान श्रेष्ठले बागमती प्रदेश सरकारका मन्त्रालय र मातहतका निकाय र स्थानीय तहका कर्मचारी माग गर्ने अधिकार अनुसार काम भइरहेको वताउनुभयो । हेटौंडामा लोक सेवा आयोगको परिक्षा लिनका लागि परिक्षा लिने पर्याप्त बिद्यालय, परिक्षार्थीहरु बास बस्नका लागि होटल तथा लजको अभावले गर्दा समस्या बेहोर्दै आइएको छ ।

बागमती प्रदेश सरकार र स्थानीय तहमा गरी ३५ प्रतिशत कर्मचारी अपुग रहेको र कर्मचारी अपुगका कारण काम गर्नमा समस्या समेत रहेको उहाँले वताउनुभयो । निजामती कर्मचारी सम्वन्धी अध्यादेश कानूनका रुपमा आएमा स्थानीय तह र प्रदेशमा कर्मचारी पदपूर्ती गर्न थप सहज हुने वताउनुभयो । प्रदेश लोक सेवा आयोगले हाल सम्म १ हजार ४ सय २० जना कर्मचारी पदपूर्तिका लागि सिफारिस गरिएको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवि पाण्डेले करारमा कर्मचारी लिएर काम गर्ने गाउँपालिकाहरुको रहर नभएको वताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामाले नियम विपरित कर्मचारी बढुवाको कामलाई सच्याएर अगाडी बढेको वताउनुभयो । कार्यक्रमको स्वागत प्रदेश लोक सेवा आयोगका सदस्य शर्मिला नेउपालेले गर्नु भएको थियो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधीहरु, मदनभण्डारी स्वाथ्य बिज्ञान प्रतिष्ठानका उपकुलपती, मन्त्रालयका सचिबहरु लगायतकाको उपस्थिती रहेको थियो ।जनपत्रबाट
























