बागमतीमा मन्त्रालयको संख्या घटाउन बनेको कार्यदलले आज प्रतिवेदन पेश गर्दै

हेटौँडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउनको लागि निर्धारण गर्न बनेको कार्यदलले प्रदेश सरकारलाई आज प्रतिवेदन बुझाउने जनाएको छ । हिजोनै प्रतिवेदन बुझाउने तयारी गरेको कार्यदलले मुख्यमन्त्री हेटौँडा आउन ढिला गरेपछि आज प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
१५ दिन भित्र प्रतिवेदन तयार पारेर सरकारलाई बुझनको लागि निर्देशन सहित गत पुस २६ गते मुख्यमन्त्री शालिकराम जम्कटेटेलल पदभार ग्रहण गरेको दिननै मुख्यमन्त्री कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा कार्यदल निर्माण गरेको थियो ।

प्रदेशमा हाल रहेको १४ वटा मन्त्रालय धेरै भएको जनगुनासो बढेपछि सत्तारुढ गठवन्धनले मन्त्रालयको संख्या कटौतीमा सहमती गरि कार्यदल निर्माण गरेको थियो ।
कार्यदलले घटिमा १० तथा बढिमा ११ मन्त्रालय हुने गरि प्रतिवेदन तयार पारेको निरौलाको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*