हेटौंडा -१८ गुम्बाडाँडामा एक जना मृत फेला

हेटौंडा । आज मंगलबार बिहान १० बजेर ३७ मिनेटको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ गुम्बाडाँडा मुनि रहेको खोल्सामा एक जना मृत अवस्थामा फेला परेका छन् । हाल नामथर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गुम्बाडाँडामा एक जना मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठुलोदमारबाट प्रहरी नायव निरीक्षक अर्जुन देबकोटाको कमाण्डमा टोली खटिएको थियो । प्रहरीले घटना स्थल सुरक्षित राखेको उल्लेख गरेको छ । घटनाबारे थप अनुसन्धान र मुचुल्काको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*