हेटौंडा कला–साहित्य महोत्सव–२०७९ सुरु
हेटौंडा । हेटौंडा कला–साहित्य महोत्सव–२०७९ सुरु भएको छ । हेटौंडा–४ स्थित नवोदय शिशु सदन, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट र काठमाडौं पब्लिकेसनको आयोजनामा आज र भोलि दुई दिन महोत्सव सन्चालन हुनेछ ।
पहिलो दिन आज विद्यार्थी, शिक्षक, अभिभावकका लागि विभिन्न विषयमा २० वटा कार्यशाला सन्चालन भइरहेको छ । हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग रहेको महोत्सवमा मकवानपुर जिल्लाका ३२ वटा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकको सहभागिता रहेको छ । महोत्सवमा चितवन, नवलपुर, बारा, रौतहट र सर्लाही जिल्लाका विद्यार्थी, शिक्षकको पनि सहभागिता रहेको महोत्सवका संयोजक सिएम रिमालले जानकारी दिनुभयो ।
विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नवोदय शिशु सदनमा शैक्षिक संंयोजक दिपेश जोशीले जानकारी दिनुभयो । महोत्सवमा भोलि शनिबार पनि विविध विषयमा कार्यशालाका साथै अन्तरक्रिया हुनेछ।
























