बागमतीको मन्त्रीपरिषद बैठकमा दुईवटा विधेयक स्विकृत
हेटौँडा । बागमती प्रदेशको मन्त्री परिषद बैठकले दुई वटा विधेयक स्विकृत गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेश निजमति सेवा विधेयक र स्थानीय तहको सेवा सुविधा सम्वन्धी विधेयक स्विकृत गरेको भौतीक पूर्वाधार मन्त्री युवराज दुलालले बताए ।
बैठकले बागमती प्रदेशको नीति तथा योजना आयोगमा डाक्टर दिपेन्द्र श्रेष्ठ, डाक्टर जयन्तनाथ खनाललाई नियुक्त गरेको छ ।
























