प्रजातन्त्र दिवसका अवसरमा प्रदेश प्रमुख शर्माद्वारा सन्देश जारी

हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकतन्त्रको सुदृढीकरण, दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि हासिल गर्नका लागि सबैलाई राष्ट्रिय प्रजातन्त्र दिवसले प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनापश्चात् देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि विभिन्न समयमा भएका ऐतिहासिक आन्दोलनमा सङ्घर्ष, त्याग तथा बलिदान गर्ने सहिदहरूप्रति उच्च सम्मान अर्पण गरेका छन् ।

उनले सन्देशमा आजको ऐतिहासिक सन्दर्भलाई विगतप्रति गौरबवोध गर्दै समुन्नत राष्ट्र निर्माण गर्ने कार्यमा प्रतिबद्ध रहन प्रण गर्ने दिनका रूपमा सम्झन सबैलाई अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*