आज शितल निवास सर्दै नवनिर्वाचित राष्ट्रपति पौडेल

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार नै शितल निवास सर्ने हुनुभएको छ ।

सोमबार दिउँसो १ बजे उहाँको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँ शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यहि फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।

उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर भन्दा बढी मतले पराजित गरी निर्वाचित हुनु भएको थियो । निर्वाचनमा पौडेलले ३३ हजार ८ सय २ र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए ।

राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने र दुई पटकसम्म राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनःउम्मेदवार हुन नपाउने संविधानमा उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*