स्ववियु निर्वाचन अन्तर्गत मकवानपुर बहुमुखी क्याम्पसमा मतदान सुरु
हेटौंडा । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मकवानपुरको मकवानपुर बहुमुखी क्याम्पसमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
मतदान बिहान ८ बजेबाट सुरु भएको हो । यहाँ ३ हजार ९१ जना मतदाता रहेका छन् । मतदान अपरान्ह ४ बजेसम्म जारी रहनेछ ।
यसैगरी, जिल्ला स्थित हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, वंशगोपाल बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरी बहुमुखी क्याम्पसमा मतदान सुरु भएको बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज देशभर स्ववियु निर्वाचन हुँदैछ ।
























