प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसले ह्वीप लगाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाएको छ ।

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिन ह्वीप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

आइतबार नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत लिने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*