एकीकृत समाजवादीले सरकारमा जाने तयारी गर्न बनायो कार्यदल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने तयारी गर्न कार्यदल गठन गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकार लगायतका विभिन्न विषयमा छलफल गरिएको जानकारी दिनुभयो ।

सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको उहाँले बताउनुभयो । कार्यदलले गठबन्धन बैठकमा पार्टीले पाउने मन्त्रालयको बारेमा छलफल गर्ने, सरकारमा जाने मन्त्रीहरू छान्ने, नीति तथा कार्यक्रम बनाउने र केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय बाँडफाँट लगायतका बारेमा गृहकार्य गर्ने उहाँले बताउनभयो ।

एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा १० जना सांसद रहेका छन् । एकीकृत समाजवादीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*